नियम १८
गोदाम भाडामा छूट दिन सकिने
कुनै व्यक्ति वा संस्थाबाट दान दातव्यको रूपमा कुनै सार्वजनिक संस्थालाई प्राप्त हुन आएको पुलिन्दाहरूको भन्सार महसुल छूट गर्ने कारवाईको सिलसिलामा धरौटीमा रही गोदाम भाडा लाग्ने भएमा गोश्वरा हुलाकको मुख्य हुलाक हाकिम वा क्षेत्रिय हुलाक निर्देशकको सि˚ारिशमा महानिर्देशकले आंशिक वा पूर्णतया गोदाम भाडा छूट दिन सक्नेछ ।